मनाङको चिसोमा खिचिँदै ‘प्रेमगीत ३’, निर्माता भन्छन् : डेढ वर्षदेखी यही मौसमलाई प्रतिक्षा गरेका थियौं

डिसी नेपाल
१ पुष २०७६ १७:३६

काठमाडौँ। यस वर्षको प्रतिक्षीत चलचित्र हो, – ‘प्रेमगीत ३’। चलचित्रको हाल मनाङको चिसोमा छायाँकन भईरहेको छ।

आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको चलचित्रमा सन्तोष सेनको लगानी छ। चलचित्रलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन्। निर्माता तथा निर्देशक सन्तोष सेनले मनाङमा जाडोको उच्च विन्दुमा चलचित्रको छायांकन भईरहेको बताए।

‘माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा काम गरिरहेका छौं। कथाको मागलाई मध्येनजर राखेर विगत डेढ वर्षदेखी यही मौसमलाई प्रतिक्षा गरेका थियौ’– सेनले भने। उनले चलचित्रको ७५ प्रतिशत छायाँकन सकिएको र निरन्तर काम भएको् खण्डमा १०/१५ दिनमा चलचित्रको सम्पूर्ण छायाँकन सकिने बताए।

निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगीशा खत्री, कृजन गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ।

पूर्ण प्रेमकथामा निर्माण हुने चलचित्र चैत २८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *