शर्तसहित जेलबाट छुटिन् पायल

डिसी नेपाल
२ पुष २०७६ ९:३१

मुम्बइ। मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ। उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्थान पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको थियो। उनलाई २५–२५ हजारका दुई मुचल्कामा जमानत दिइएको हो।

गिरफ्तार भएपछि उनलाई लुट र हत्यालगायतका आपराधिक मामलमा आरोपी महिला कैदीसँग जेलमा रखिएको थियो। मंगलबार पायलको तर्फबाट अडिसनल चिफ जुडिसल म्याजेस्ट्रिट कोर्टमा जमानत याचिका पेस गरिएको थियो।

पुलिसले पूर्वप्रधानमन्त्री पण्डित नेहरु र उनको पिता मोतीलाल नेहरुमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा आईटी एक्टकको धारा ६६ र ६७ अनुसार मुद्दा दर्ता गरेको थियो। पायलले नेहरु परिवारका बारेमा एउटा भिडियो जारी गरेकी थिइन्। भिडियोमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ कि कांग्रेस परिवार ट्रिपल तलाकको विरुद्ध यसकारण थियो किनकि मोतीलाल नेहरूका पाँच पत्नी थिए। साथै मोतीलाल नेहरु जवाहरलाल नेहरुका सौतेनी पिता थिए।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *