हलिउडमा बन्ने भयो ऋतिकको ‘सुपर ३०’ को रिमेक

डिसी नेपाल
२ पुष २०७६ १४:५१

मुम्बई । पट्नाका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित ऋतिक रोशनको फिल्म सुपर ३० को हलिउड रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो समय हिन्दी सिनेमाको सबै भन्दा उत्कृष्ट कथा भएको सुपर ३० ले विश्वको ध्यान तानेको हो ।

हलिवुडको रिमेकमा मुख्य भूमिका र निर्देशकको निर्णय भएपछि लेखक संजीव दत्तले काम सुरु गर्ने बताइएको छ । उक्त रिमेकमा आनन्द कुमारको पनि भूमिका रहने बताइएको छ । रिपोर्टको अनुसार अमेरिकन कम्पनीले रिलायन्स इन्टरटेनमेन्ट कम्पनीका सुभाशिस सिर्कारलाई फिल्मको रिमेक बनाउन प्रस्ताव अघि सारेको बताइएको छ ।

विकाश बहलद्वारा निर्देशन गरिएको सुपर ३० गत जुलाई १२ मा रिलिज गरिएको थियो । यस फिल्मले बक्स अफिसमा एक सय ४६ करोडको व्यापार गर्दै दर्शकको मन जितेको थियो । यस फिल्ममा ऋतिक रोशनका अलवा अभिनेत्री मृणाल ठाकुर र पंकज त्रिपाठीको मुख्य भुमिका रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *