फिल्म ‘गली ब्वाय’ ओस्कारको दौडबाट बाहिरियो

डिसी नेपाल
२ पुष २०७६ १६:००

मुम्बई । यस बर्षको ओस्कार अवार्डमा भारतबाट प्रतिनिधित्व गरेको रणवीर सिंह र आलिया भट्ट अभिनित बलिवुड गली ब्वाय ओस्कारको दौडबाट बाहिरिएको छ । आगामी फेब्रुअरी ९ मा आयोजना हुने ओस्कार अवार्डका लागि सार्वजनिक भएको अन्तिम मनोनयनमा गली ब्वाय बाहिरिएको हो ।

अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा ओस्कारमा गएको गली ब्वायले अन्तिम मनोनयनमा स्थान बनाउन असफल भएको छ ।

यससँगै अन्तर्राष्ट्रिय फिचर फिल्मको फिल्ममा अन्तिम मनोनयन बनाउने फिल्ममा दक्षिण कोरियाको फिल्म पारासाइट, स्पेनको फिल्म पेन एण्ड ग्लोरी, चेक रिपब्लिकको फिल्म द पेन्टेड बर्ड, फ्रान्सको ट्रुथ एण्डजस्टिस र लेस मिजरेबल्स, हंगेरीको फिल्म दोज हु रिमेन्ड, पोल्याण्डको फिल्म हनी ल्याण्ड र कोर्पस कृष्टि, रसियाको बीन पोल र सेनेगलको एटलान्टिका रहेका छन् ।

जोया अख्तरले निर्देशन गरेको गली ब्वायमा एक र्यापरको संघर्षको कथा रहेको छ । फिल्ममा रणवीर सिंह, आलिया भट्ट, कल्की कोचिन सिद्धार्थ चतुर्वेदी र विजय राजको अभिनय रहेको छ ।

यस फिल्मले यस अघि दक्षिण कोरियामा आयोजित बुचेन फिल्म फेस्टिबलमा नेटप्याकको बेस्ट एशियन फिल्म अवार्डलगायत कैयौ अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

गत फेब्रुअरी १४ मा रिलिज गली ब्वायले भारतीय बक्स अफिसमा मात्र १४० करोड कमाई गरेको थियो भने विश्वभर करिब २३८ करोड कमाई गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *