अमेरिकामा भारतविरुद्धको प्रदर्शनमा सहभागी सबैलाई आयोजकको धन्यवाद

डिसी नेपाल
३ पुष २०७६ १२:२३

वासिङ्गटन डिसी । छिमेकी मुलुक भारतले नेपालको सीमा मिचेको विरोधमा अमेरिकाको राजधानी वासिङ्गटन डिसीस्थित राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि विरोध प्रदर्शनमा सहभागी अमेरिकावासी नेपालीजनहरुमा ‘नेपालको राष्ट्रिय अखण्डताका लागि नेपाली’ नामक संयुक्त नेपाली फ्रन्टले धन्यवाद ज्ञापन गरेको छ ।

सो संस्थाका तर्फबाट रोजन अधिकारीले एक विज्ञप्ति जारी गर्दै डिसेम्बर १५ मा भएको सो प्रदर्शनले नेपालको राष्ट्रिय हितका लागि आवश्यक परेको बेला अमेरिकाबासी सम्पूर्ण नेपालीहरु एकजुट भई आवाज बुलन्द गर्न सक्षम छन् भन्ने प्रमाणित भएको उल्लेख गरेका छन् ।

मानव साङ्गलो बनाई ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय दुतावासको प्रांगढसम्मको मार्चलाई सफल बनाउन अमेरिकाभरका सम्पूर्ण प्रमुख संगठनहरुको समर्थन रहेको उल्लेख गर्दै विज्ञप्तिमा बृहत्तर डिसीक्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरुको सक्रिय योगदान रहेको जनाइएको छ ।

नेपाली जनको ठूलो सहभागितामा सम्पन्न सो विरोध कार्यक्रमको विभिन्न क्षेत्रबाट निरन्तर खटिई योगदान गरेको भन्दै विभिन्न संघसंस्थाका नेताहरु कुलमणि आचार्य, खगेन्द्र अधिकारी, डीजे गोर्खाली, डीजे गोर्खाली, डा. द्वारिका दाहाल, विजय भट्टराई, विनय अर्याल, बलराम पन्थी, विमल नेपाल, कृष्ण सी. श्रेष्ठ, सुवोधविलास पन्त, केदार तिम्सिना, सुरज बस्नेत र जेन ट्राभल्सका साथै डिसी नेपाल डटकम, इनेप्लिज, नेपाल मदर डटकमलगायत सबैमा आयोजकका तर्फबाट अधिकारीले धन्यवाद व्यक्त गरेका छन् ।

अधिकारीले जारी गरेको धन्यवाद पत्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *