कसले घन्कायो मन्त्रिपरिषद्को बैठकमा अंग्रेजी गीत ?

डिसी नेपाल
३ पुष २०७६ १२:०३

काठमाडौं । मन्त्रीपरिषद्को बैठक शुरु भइसकेको थियो। सबै मन्त्रीहरुले आ—आफ्नो ल्यापटप खोल्न थाले । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकका एजेण्डाहरु कागजमा नभई ल्यापटपमै राख्न दिएको निर्देशनवमोजिम प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पासवर्ड राखेर बैठकका एजेण्डाहरु ल्यापटपमै हेर्न सकिने व्यबस्था गरेको छ।

सोमबार अपरान्हको बैठकमा पनि मन्त्रीहरुले आ-आफ्नै ल्यापटपमा ती एजेण्डाहरु हेरेर छलफल गर्नुपर्ने थियो । जब ल्यापटपहरु खुल्न थाले तब एक्कासि ठूलै स्वरमा गीत बज्न थाल्यो । त्यो राष्ट्रिय गान थिएन न त कुनै राष्ट्रियताले ओतप्रोत नेपाली गीत नै । त्यहाँ बजेको थियो-अंग्रेजी गीत।

शुरुमा त मन्त्रीहरु मुखामुख गर्न थालेका थिए तर सबैले हाँसो थाम्न सकेनन् जब कृषिमन्त्री घनश्याम भुषाल के गरौं र कसो गरौंको अवस्थामा पुगे। उनको ल्यापटपमा गुगल क्रोम खोल्ने वित्तिकै कुनै अंग्रेजी गीत ठूलै आवाजमा बजेको थियो ।

उनले केही समय लगाएरमात्र त्यसलाई बन्द गराउन सफल भए । मन्त्रीहरुको हाँसो रोकिएपछि प्रधानमन्त्री ओलीले प्रबिधिबारे जानकारी राख्न मन्त्रीहरुलाई सम्झाए । यसपछिमात्र बैठक औपचारिक एजेण्डामा प्रवेश गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *