विश्वभर बेईजत हुने डरले भारतले नेपाली भूमि छाड्न सकेन : सीमाविद् श्रेष्ठ

डिसी नेपाल
३ पुष २०७६ १३:४८

वासिङ्टन डिसी, अमेरिका । सीमाविद् बुद्धिनारायण श्रेष्ठले छिमेकी मुलुक भारतले मिचेको नेपाली भूमि छाड्दा कालो लाग्ने डरले पछि हट्न नसकेको बताएका छन् ।

पछिल्लो समय पारिवारीक भ्रमणका शिलशिलामा अमेरिकामा रहेका सीमाविद् श्रेष्ठ भारतको विरुद्धमा नेपालीहरुले ह्वाईट हाउस अगाडि आयोजना गरेको बृहत बिरोध प्रदर्शनमा पनि सहभागी भएका थिए ।

श्रेष्ठले भारतले नेपालको कालापनी, लिपुलेक र लिम्पुवाधुरा अतिक्रमण गरेको विषयमा डिसी नेपालसँग कुरा गर्दै विश्वमा भारतीयको बेईजत हुने डरले भारत पछि हट्न नसकेको बताएका हुन् ।

श्रेष्ठले भने, सन् १९६२ को अक्टोबर नोभेम्बरमा भएको डरलाग्दो चीन र भारतको सीमा युद्धमा हारेर फर्किएको भारतीय फौज नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरामा बसेको र पछिल्लो समय सो भूमि नेपाली भएको जानकारी भएपनि उनीहरुले हेपेर कब्जा गरिरहेको हो ।

सीमाविद् श्रेष्ठसँग डिसीनेपालको भिडियो कुराकानी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *