चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक
काठमाडौं। नेपाली कथानक चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा चलचित्र युनिट र सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको सदस्य विरामी भएपछिको अवस्था देखाईएको छ। सरकारी अस्पतालको दुरावस्था, सरकारी अस्पतालबाट निजी अस्पतालमा विरामी लैजाने एम्बुलेन्स चालकको प्रवृत्तिलाई पनि ट्रेलरमा समेटिएको छ।

ट्रेलरका दृश्यले दर्शकको मन छुन्छ। मिथिलाको अभिनय मार्मीक लाग्छ। अभिनेत्री सुरक्षाले कपाल मुन्डन गराएको दृश्यले दर्शकको मन छुन्छ।
चलचित्रलाई ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। कथासंगै छायांकन पनि दीपेन्द्र स्वयंमको रहेको चलचित्रमा मिथिला, सुरक्षाका अलावा सरिता गिरी, मनिष निरौला, आशान्त शर्मा, देशभक्त खनाल लगायतको अभिनय छ।
७१ दिन लगाएर छायांकन गरिएको चलचित्रको अधिकांश दृश्य पानीमा खिचिएको छ।
कोठा भाडामा लिएर बस्ने मध्यम वर्गीय परिवारको कथामा चलचित्र निर्माण गरिएको हो। आमा र छोरीबिचको सम्बन्धलाई देखाउने चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा छन्।
डि.एस.डिजिटलको प्रस्तुतीमा शर्मिला पाण्डेको लगानी रहेको चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment