६० वर्ष खेती गरेका किसानले अवकाश लिँदा भव्य समारोह, सिन्दूरजात्रासहित जुलुस

डिसी नेपाल
४ पुष २०७६ ९:२६

काठमाडौं। हामीले जागिर गर्ने कर्मचारीहरुले अवकाश लिएको सुनेका छौं । तर, खेती गर्ने किसानले औपचारिक रुपमा अवकाश लिएका घटना सुन्न पाइँदैन । हालै भारतको महाराष्ट्रमा भने एक किसानले औपचारिक रुपमा अवकाश लिएका छन् ।

महाराष्ट्रको भंडारा जिल्लाको मोहगांवको काले परिवारका मुखिया गजानन कालेले अवकाश लिएका हुन् । ८० वर्षका उनले ६० वर्षसम्म खेतीको काम गरेका थिए । परिवारले उनलाई अवकाश दिएको हो । अब उनले खेतीको काम गर्ने छैनन् ।

परिवारले उनलाई विदाइ दिनको लागि खेतमा कार्यक्रम आयोजना गर्यो । उनीसँग १० किसानलाई सम्मानित गरियो र उनीहरुलाई बैलगाडीमा बसालेर सिन्दूरजात्रासहित जुलुस निकाले । गजाननका भाइ यशवंतका अनुसार उनीहरुको १९ दस्यीय संयुक्त परिवार छ । गजाननको भागमा २५ एकड खेतीयोग्य जमिन छ । दाजुको उमेर धेरै भएकोले उनलाई खेतीको कामबाट मुक्त गर्न यस्तो निर्णय गरिएको यशवंतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *