मध्यरातमा पाकिस्तानका पूर्वराष्ट्रपतिलाई फाँसीमा झुण्ड्याइयो, गुप्तांगको फोटो किन खिचियो ?

डिसी नेपाल
४ पुष २०७६ १४:२४

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा फाँसीको सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले यदि सजाय दिनुअघि मुशर्रफको मृत्यु भएमा उनको शवलाई ३ दिनसम्म इस्लामाबादको चौराहामा झुण्ड्याउन भनेको छ । पाकिस्तानमा राष्ट्रप्रमुखलाई फाँसीको सजाय दिइएको यो पहिलो पटक होइन । यसअघि पनि पाकिस्तानका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई यस्तै गरी क्रुरतापूर्वक फाँसी दिइएको थियो ।

पूर्व पाकिस्तानी सेना प्रमुख जनरल जिया उल हकले प्रधानमन्त्री जुल्फिकर अली भुट्टोको सत्ता कब्जा गरेका थिए र देशमा सैनिक शासन लागू गरेका थिए । जुल्फिकरलाई सेनाले कैद गरेको थियो । जुल्फिकर पाकिस्तानका ९ औं प्रधानमन्त्री र चौथो राष्ट्रपति थिए । ४ अप्रिल १९७९ का दिन जुल्फिकरलाई रातको २ बजेर ४ मिनेटमा रावलपिंडीको जेलमा फाँसीमा झुण्ड्याइएको थियो । जुल्फिकर देशको चौथो राष्ट्रपतिको रुपमा १९७१ देखि १९७३ सम्म पदमा थिए । त्यसपछि उनी प्रधानमन्त्री भएर १९७३ देखि १९७७ सम्म पदमा थिए ।

उनी पाकिस्तान पिपुल्स पार्टीका संस्थापक थिए । फाँसीमा झुण्ड्याउनुभन्दा पहिले जुल्फिकरलाई निकै यातना दिइएको थियो जसको कल्पना पनि गर्न सकिन्न । जुल्फिकरको कार्यकाल ५ जुलाई १९७७ सम्म थियो त्यपछि पाकिस्तानको सत्ता सेना प्रमुख जिया उल हकले हत्याएका थिए । भुट्टोलाई विपक्षी नेता नवाव मोहम्मद अहमद खानको हत्याको आरोपमा फाँसी दिइएको थियो । फाँसीमा झुण्ड्याउनुअघि जुल्फिकरसँग उनको अन्तिम इच्छासमेत सोधिएको थिएन ।

पंजाब सरकारका जल्लाद तारा मसीहलाई भुट्टोलाई फाँसी दिनको लागि लाहोरबाट बोलाइएको थियो । जब रातको २ बजेर ४ मिनेट गयो जल्लादले लिभर दबाए । भुट्टोले अन्तिम शब्द ‘फिनिश इट’ भनेका थिए । भुट्टोलाई आधा घण्टासम्म फाँसीमा झुण्ड्याइयो त्यपछि एक डाक्टरले उनको जाँच गरेर मृत घोषित गरेका थिए । बीबीसीको रिपोर्ट अनुसार जब फाँसीमा झुण्ड्याउनको लागि भुट्टोलाई लिन गएका थिए त्यतिबेला उनी गहिरो निद्रामा थिए । उनलाई स्ट्रेचरमा राखेर फाँसी दिने ठाउँमा लगिएको थियो ।

भुट्टो डट ओआरजीका अनुसार एक फोटोग्राफर, जसलाई खुफिया एजेन्सीद्वारा पठाइएको थियो । उनले भुट्टोको गुप्तांगको केही फोटो खिचेका थिए । प्रशासन यो कुराको पुष्टि गर्न चाहन्थ्यो कि भुट्टोको इस्लामिक रितीअनुसार खतना भएको थियो कि थिएन । त्यसपछि उनको शरीरलाई काठको कफिनमा राखेर चकलाला हवाइ अड्डातिर पठाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *