विकलको १२औँ स्मृति सभामा ६ जना विशिष्ट व्यक्तिहरु सम्मानित

डिसी नेपाल
६ पुष २०७६ १२:०७
8
Shares

काठमाडौं । नेपाली आख्यान क्षेत्रका यशस्वी साधक रमेश विकलको बाह्रौँ स्मृति सभाका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने ६ जना विशिष्ट व्यक्तित्वलाई राजधानीमा सम्मान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाललाई “रमेश विकल वाङ्मय पुरस्कार”, समाजसेवी सुदर्शन सिग्देललाई “रमेश विकल सुशीला समाजसेवा पुरस्कार”, बालसाहित्यकार प्रा.डा. ध्रुव घिमिरेलाई “रमेश विकल बालसाहित्य पुरस्कार”, समाजसेवी नारी व्यक्तित्व रेणु शर्मा उप्रेतीलाई “रमेश विकल–सुशीला नारीसेवा सम्मान पुरस्कार”, सङ्गीतविज्ञ शिशिर योगीलाई “रमेश विकल सङ्गीत पुरस्कार” तथा साहित्यकार किशोर पहाडीलाई “रमेश विकल सिर्जना पुरस्कार“ द्वारा पुरस्कृत गरिएको हो।

कार्यक्रममा वक्ताहरुले नेपाली साहित्यमा विकलको योगदान अतुलनीय रहेको चर्चा गरेका थिए।

शताब्दी पुरुष सत्यमोहन जोशी, प्रतिष्ठानका महासचिव तथा विकलका जेष्ठ सुपुत्र साहित्यकार विजय चालिसे, नेपाल ललितकला प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, रमेश विकल प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय लगायतले विकलको बहुआयामीयक व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए।

सोही अवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठानबाट सञ्चालित बालचित्रकला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको अन्त्यमा विकलको कथा ’मधुमालतीको कथा’मा निर्माण गरिएको चलचित्र पनि प्रदर्शन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *