पाटन दरबारमा नजिकै चन्द्रमा देखिएपछि फोटो खिच्न सर्वसाधारणको भिड – Dcnepal

पाटन दरबारमा नजिकै चन्द्रमा देखिएपछि फोटो खिच्न सर्वसाधारणको भिड

तस्बिर : रोशन सापकोटा रासस/काठमाडौँ


काठमाडौँ । चन्द्रमाको आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार साँझ सर्वसाधारणको भिड नै लागेको छ ।

टाढा र मधुरो चन्द्रमा देखेका सर्बसाधारणले झलझल बलेको चन्द्रमा नजिकै देखेपछि फोटो खिच्ने र हेर्नेको भिड जम्मा भएको हो ।

यो चन्द्रमा प्राकृतिक नभएर धरानका मिलन राईले बनाएर प्रदर्शनमा राखेको चन्द्रमा हो ।

चन्द्रमाको आकृति हेर्न ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबार झुमिएका सर्वसाधारण

उनले आफूले विश्वबन्धुत्वको भावनाले यो काम गरेको बताएका छन् । ‘चन्द्रमा राख्दा सबै मान्छे हेर्न आए, यसको सुन्दरताले सबैलाई आकर्षित गरोस् भनेर राखेको हुँ’ उनले भने ।

उनले अब यो चन्द्रमा पोखरामा पनि प्रदर्शन गर्ने इच्छा भएको बताएका छन् ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो