तीन दिनमा ‘दबंग ३’ले कति कमायो ?

डिसी नेपाल
७ पुष २०७६ १५:५५

मुम्बइ। सलमान खान स्टारर ‘दबंग ३’ले तीन दिनमा करिब ७८ करोड भारू कमाएको छ। रिलिजको तेश्रो दिन आइतबार सिनेमाले २९ करोड भारू कमाइगरेपछि ‘दबंग ३’को कमाइ ७५ करोड भारू पुगेको हो।

रिलिजपछि समीक्षकबाट चर्को आलोचना र दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको सिनेमाले रिलिजको पहिलो दिन २४.५० करोड भारु कमाइ कमाइ गरेको थियो भने दोश्रो दिन २४.७५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।

सिरिजकै झुर सिनेमाको प्रतिक्रिया पाइरहेको सिनेमाले यो सातासम्ममा सय करोड भारू कमाउने अनुमान रिलिज अघि गरिएको छ। बुधबार पर्ने क्रिसमस बिदाको फाइदा सिनेमाले लिने आशाका कारण यो अनुमान गरिएको थियो।

रिलिजपछि सिनेमा अनावश्यक लामो भएको गुनासो भएपछि निर्माणपक्षले सिनेमाको लम्बाई ९ मिनेटले छोट्याएको छ। सिनेमामा सलमानका अलावा सोनाक्षी सिन्हा, किच्चा सुदिप, साईं माजेंकर, अरबाज खान आदिको मुख्य भूमिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *