‘सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला शिक्षाको अवस्था सुधार गर्छु’
काठमाडौं । मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न भएको मिस वल्र्ड पेजन्ट २०१९मा आफुले महत्वपूर्ण विषयलाई उठाएको बताएएकी छन्।
उनले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजन्टमा गरेक प्रतिवद्धताहरु पुरा गर्ने समेत बताईन् । उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला तथा बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको बताईन् । त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले बताईन् ।
मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षकहरु ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्रात्त गर्न सकेको भन्दै आँफूले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताईन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्प्रधिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिईन्।
उनले नेपालले हरेक वर्ष महत्वपूर्ण उपाधि हासिल गर्र्दै गएको बताउँदै यसलाई सफलता मान्नुपर्ने बताए । गत वर्षपनि मिस नेपाल वल्र्ड २०१८ श्रीङ्खला खतिवडाले पनि ‘मल्टि मिडिया अवार्ड’ सहित ‘ब्युटीविथ अ प्रपोस’ अवार्ड प्राप्त गरेकी थिईन् । नेपालले सन १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिदै आएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment