के नेपालपनि नागरिकता कानुनको विरोधमा छ?

डिसी नेपाल
८ पुष २०७६ ८:१२

बीबीसी। के नेपालका प्रधानमन्त्री केपी ओली पनि भारतको नागरिकता संशोधन कानुनको विरोधमा छन्? २१ डिसेम्बरमा नेपालका प्रधानमन्त्री केपी ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट कांग्रेस अध्यक्ष सोनिया गान्धीको एक भिडियो रिट्विट गरिएको थियो।

उक्त भिडियो मार्फत सोनिया गान्धीले देशलाई सम्वोधित गरेकी थिइन् र प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिकता संशोधन कानुनको आलोचना गरेकी थिइन्।
सोनिया गान्धीको यो भिडियोलाई भारतीय पत्रकार शिवम विजले ‘जो सोनिया गान्धी गरिरहेकी छन् त्यो काम मोदीले गर्नु पथ्र्यो’ भन्दै ट्विट गरेका थिए। यही भिडियोलाई नेपालका प्रधानमन्त्री केपी ओलीले रिट्विट गरेका थिए।

नेपालका प्रधानमन्त्री ओलीको यो ट्विट आलो जसरी फैलियो। नेपाल लाइभ अनलाइनका सम्पादक नारायण अमृतले ओलीको ट्विटको स्क्रीनशट ट्विटरमा पोस्ट गर्दै लेखेका छन्–यो विषयमा कुनै टिप्पणीको आवश्यकता छैन।’ छिमेकी मुलुक भुटानका पत्रकारले पनि ओलीको ट्विटको स्क्रीनशट लिन थाले।

यद्यपी नेपालले यो विषयमा आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन। तर ओलीको रिट्विटले प्रश्न भने उब्जाएको छ। विवाद बढेपछि ओलीले यो ट्विट डिलिट गरे। यो विषयमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टिकरण दिएका छन्। उनले भने–हामी यसको अनुसन्धान गरिरहेका छौं। कसैले पासवर्ड दुरुपायोग गरेको हुनसक्छ। यो ट्विटलाई लिएर अफवाह फैलाउन आवश्यक छैन।’

बीबीसी हिन्दीले समाचार लेखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *