सकियो ‘चपली हाइट ३’को छायांकन

डिसी नेपाल
८ पुष २०७६ १४:०५

काठमाडौं। नेपाली चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ।

आठमाडौं र आसपासमा ३२ दिन लगाएर खिचिएपश्चात चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जनाएको छ।

अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको शिर्ष भूमिका छ।

निर्माता अर्जुन कुमारले निर्देशक, कलाकार तथा सम्पूर्ण प्राविधिक लगायत टिमको साथले चलचित्रको छायाँकन समयमै सकिएको जानकारी दिए। उनले चलचित्रमा जोडिएका सबैलाई धन्यवाद समेत दिए।

‘चपली हाइट ३’ सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको छ। चैत २८ लाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *