नेपाल भ्रमण वर्षः १६ फोटोमा हेर्नुहोस् पर्यटकलाई पर्खिरहेको सुन्दर फेवाताल

डिसी नेपाल
९ पुष २०७६ १०:३६

पोखरा । हामी भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा छौं । सरकार २०२० मा २० लाख पर्यटक भित्र्याउले लक्ष्यका साथ तीव्र गतिमा तयारी गरिरहेको छ । भिजिट नेपाल २०२० लाई लक्षित गरी सरकारले थप सयवटा नयाँ गन्तव्य सूचि घोषणा गरेको छ ।

नेपालमा पर्यटकीय स्थलको कुरा गर्दा पहिलो नम्बरमा पोखराको नाम आउँछ । आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो रोजाइको स्थल बन्दै आएको छ, पोखरा । यहाँ पर्यटकहरु प्राकृतिक सौन्दर्यका साथै शान्त वातावरणमा रमाउन आउने गर्छन् । यसका साथै पोखरा संस्कृतिक तथा धार्मिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ ।

पोखराका पर्यटकीय स्थलहरुमा फेवाताल, बेगनासताल, रुपाताल, डेविड फल्स, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सारंकोट, शान्ति स्तुपा, विन्ध्यावासिनी मन्दिरलगायतका स्थानहरु प्रसिद्ध छन् । यहाँबाट माछापुछ«ेको सुन्दर मुहार हेर्न सकिन्छ ।

फेवाताल पोखराको घुम्नैपर्ने ठाउँमध्येको एक हो । यो ताल २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । तालमा कुमारी हिमाल माछापुच्छ«ेको शुन्दर छायाँ देखिन्छ । तालको बिचमा ताल बाराही मन्दिर छ । दैनिकजसो हजारौंको संख्यामा पर्यटक तथा भक्तजनहरु मन्दिर पुग्ने गर्छन् । तालको बिचमा भएकाले पनि यो मन्दिर आकर्षक देखिन्छ । फेवातालका केही तस्वीरहरु डिसी नेपालका पत्रकार कमल साउदले लेन्समा उतार्ने प्रयास गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *