विद्यार्थीलाई राम्रोसँग बुझाउन शिक्षिकाको गजबको आइडिया, सामाजिक संजालमा भाइरल

डिसी नेपाल
९ पुष २०७६ १०:५१

मड्रिड। स्पेनकी एक शिक्षिका मानव शरीरको बनोटबारे विद्यार्थीलाई अनौठो तरिकाले पढाएका कारण चर्चामा छिन् । सामाजिक संजालमा उनको तारिफ भइरहेको छ । स्पेनको भालाडोलिडको एक स्कुलमा शिक्षिका भेरोनिका ड्युक जीव विज्ञानको कक्षामा मानव शरीरका भित्री अंगहरुको चित्रसहितको कपडा लगाएर गइन् । उनले आफ्ना विद्यार्थीहरुलाई विस्तारपूर्वक एक–एक अंगहरुको बारेमा पढाइन् । कक्षामा बालबालिकाले पनि उनको यो प्रयासको प्रशंशा गरेका छन् ।

४३ वर्षकी भेरोनिका विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिस जस्ता विभिन्न विषय पढाउँछिन् । उनका अनुसार बालबालिकालाई तवीर वा बोर्डमा चित्र बनाएर बुझाउन निकै कठिन हुन्छ । यो समस्यापछि उनलाई यस्तो आइडिया आएको हो । उनले मानव शरीरको भित्री अंगहरुसहितको एक सुट बनाइन् । उनलाई यो भन्दा रोचक र सजिलो तरिका अरु हुँदैन भन्ने लाग्छ । भेरोनिकाको यो आइडियालाई उनका पतिले पनि प्रशंशा गरे । उनी कक्षामा भेरोनिकासँगै गएर फोटो खिचे । यी फोटोलाई ट्वीटरमा १३ हजारभन्दा बढी रिट्वीट र ६६ हजार लाइक आइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *