सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’को अन्तिम प्रतिस्पर्धामा २० युवती

डिसी नेपाल
९ पुष २०७६ ११:२०

काठमाडौं। सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’को अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन्।

विभिन्न अडिसनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए।

प्रतियोगिताले किशोरीहरुमा आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङले बताए।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने म्यानेजिङ डाइरेकटर सुस्मिता गालेले जानकारी गराइन। त्यस्तै प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते राजधानीको छायाँ सेन्टरमा हुँदैछ। प्रतियोगिताको ब्राण्ड एम्बासडरमा गायक बुद्ध लामा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *