सिनेमा फ्लप भएपनि व्यस्त छिन् वर्षा

डिसी नेपाल
१० पुष २०७६ १४:२२

काठमाडौं। अभिनेत्री वर्षा सिवाकोटीले ‘नाईं नभन्नू ल २’बाट सिनेमामा डेब्यू गरिन्। त्यसयता उनलाई सिनेमाको अभाव रहेन्।

हालसम्म आउँदा वर्षाले दुई दर्जन सिनेमामा अभिनय गरिसकेकी छिन्। उनी पछिल्लो समय ‘वीर वीक्रम’ को सिक्वेल ‘वीर विक्रम २’मा अभिनेत्री थिइन्।

यहाँसम्मको यात्रामा उनको सिनेमा करिअरको ग्राफ खासै सन्तोषजनक देखिँदैछ। उनका सिनेमा लगातार असफल भईरहेका छन्। तर सौभाग्य, सिनेमा असफल भएपनि यी अभिनेत्री भने व्यस्त नै छिन्।

केही दिनअघि ‘लक्का जवान’को छायाँकन सकिन्। अहिले नयाँ सिनेमा ‘चालबाज’को छायांकनका लागि दार्जिलिङ्ग पुगेकी छिन्। यसको छायांकनपश्चात उनी सिनेमा ‘सुदूर’मा व्यस्त हुनेछिन्।

सिनेमा लगातार फ्लप भईरहेपनि व्यस्त रहेकी वर्षा साँच्चिकै भाग्यमानी अभिनेत्री होइनन् त !


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *