‘संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान परिमार्जन सभा आवश्यक’

डिसी नेपाल
११ पुष २०७६ १०:२८

मनमोहन शमशेर राणा

अध्यक्ष, देशभक्त लोकतान्त्रिक पार्टी

१२ बुँदे सहमति, १९ दिने जनआन्दोलन हुँदै त्यही राजनीतिक मार्गचित्रको आधारमा यहाँसम्म आइपुगेको राजनीतिप्रति पछिल्लो समय जनतामा असन्तुष्टि बढेको छ। १२ बुँदे सहमतिको जगमा सुरु भएको राजनीतिले नेपाली जतनाले आफ्नो भाग्यको फैसला आफ्नै हातले लेख्ने सुनौलो अवसर प्राप्त भएको थियो। अहिले मुलुकमा जंगबहादुर राणाकै जस्तो शक्तिशाली सरकार छ भनेर प्रचार गरिएका छ।

हुन पनि नेपालको इतिहासमा २०१५ सालपछि दुई तिहाइ बहुमतको सरकार गठन भएको छ। यद्यपी समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले सरकारसँग साधारण बहुमतमात्र छ। तै पनि मुलुकमा राजनीति स्थिरता छ। यस्तो शक्तिशाली सरकार हुँदासमेत जनताको दैनिकीलाई भने समाधान गर्न सकिएको छैन।

२०७२ साल असोज ३ गते नयाँ संविधान घोषणा हुँदा मुलुक दुई भागमा विभाजित बन्यो। तराई मधेसमा संविधानको विरोध भइरहँदा काठमाडौं लगायत पहाडी इलाकामा खुशीयाली बनाइएको थियो।

संविधानप्रति असन्तुष्ट पक्षले मुलुकमा ६ महिना लामो नाकाबन्दीसमेत गरे। अहिले पनि उनीहरुको माग सम्वोधन भएको छैन र संविधान संशोधन नभएको भन्दै केही दिन अगाडि मात्रै समाजवादी पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ।

अहिले यति शक्तिशाली सरकार हुँदासमेत मुुलुकको सीमा मिचिएकै छ। जनता आन्दोलित छन्, सरकारलाई सबै दलले सहयोग गर्दासमेत सरकारले सीमा मिचिएको विषयमा भारत सरकारसँग छलफल गर्न सकेको छैन। सरकारप्रति असन्तुष्टिका स्वर बलियो हुँदै गएका छन्।यसको अर्थ १२ बुँदे सहमतिको मार्गचित्र असफल देखियो। 

यसको अर्थ संविधान सर्वस्वीकार्य भइसकेको छैन। हामीले यही संविधानलाई सर्वस्वीकार्य बनाउन ‘संविधान परिमार्जन सभा’ को माग गरेका हौं। संविधान परिमार्जन सभामार्फत असन्तुष्ट पक्षका मागलाई सम्वोधन गरेर वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउँदै लैजाने भन्ने हो।

अहिले यति शक्तिशाली सरकार हुँदासमेत मुुलुकको सीमा मिचिएकै छ। जनता आन्दोलित छन्, सरकारलाई सबै दलले सहयोग गर्दासमेत सरकारले सीमा मिचिएको विषयमा भारत सरकारसँग छलफल गर्न सकेको छैन। सरकारप्रति असन्तुष्टिका स्वर बलियो हुँदै गएका छन्।यसको अर्थ १२ बुँदे सहमतिको मार्गचित्र असफल देखियो।

मधेसमा असन्तुष्टिका स्वर बाक्लो हुन थालेको छ। एउटा पक्षले त हतियारको राजनीति नै सुरु गरिसक्यो। हिन्दू धर्मलम्बीहरुको पनि असन्तुष्टि छ। त्यतिमात्रै होइन, यी ठूला दलभित्रै पनि संविधानप्रति असन्तुष्टि सुनिन थालिएको छ। सरकारमा बसेर फाइदा लिइरहेकाले मात्र यसलाई सर्वस्वीकार्य बनेका छन्।

अब मुलुकमा लामो समयसम्म कम्तिमा पनि २ सय वर्षसम्म जान सक्ने गरी नयाँ राजनीतिक मार्गभित्र बनाउन आवश्यक छ। त्यसमा सबै पक्ष अटाउन सकुन। त्यसका लागि अहिलेकै संविधान परिमार्जन गरेर नयाँ ढंगले अगाडि बढ्न सकिन्छ।

मनमाेहन शमशेर राणा

सबै नेपालीले अपनत्व महशुस गर्न सक्ने गरी नयाँ राजनीति मार्गचित्र बनाएर मुलुक समृद्ध बनाउन सकिन्छ। आज सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा अगाडि सारेको छ। तर लाखौं युवा विदेशमा आफ्नो रगत पसिना बगाइरहेका छन् भनै दैनिक हजारौंको संख्यामा युवाहरु विदेशिइरहेका छन्।

नयाँ रोजगारीको अवसर सृजना भएका छैनन्। मुलुकभित्रै केही गरौं भन्ने युवालाई केही गर्ने वातावरण छैन। मुलुकमा भैष्टाचार मौलाएको छ। सरकारले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर प्रचार गराएको छ। तर ठूला ठूला काण्डमा सरकार आफैं मुछिएको छ। उदाहरणका लागि यती सँग गरेको सम्झौतालाई नै हेर्दा हुन्छ।

मुलुकमा लोकतन्त्र आइसकेपछिको अवस्था हेर्ने हो भने व्यापार घाटा बढेको बढ्यै छ। उत्पादनशील क्षेत्र घट्दै गएको छ। राष्ट्रिय स्रोत साधन बढ्न सकेको छैन। बेरोजगारी दर बढिरहेको छ। यसो भन्दै हामी १२ बुँदे सहमतिर १९ जनआन्दोलनको विरोधी होइनौं।

त्यही १२ बुँदे सम्झौताको जगमा भएको सहमतिले नेपाली जनताले आफ्नो हातबाट आफ्नो भाग्यको फैशला गर्ने अवसर जुटेको थियो। तर त्यो अवसरमा केही सीमित दलले आफूमा मात्रै केन्द्रित गरे।

अहिले मुलुकमा शक्तिशाली सरकार भएपनि यसले जनताको इच्छा आकांक्षा पूरा गर्न सकेन। जनताले चाहे अनुसार भएन भने मुलुकमा फेरि विद्रोह हुन सक्छ। हामी त्यो विद्रोहको पक्षमा छैनौं। त्यसलाई रोक्न पनि संविधान परिमार्जन सभाको आवश्यकता देखिएको छ।

देशभक्त लाेकतान्त्रिक पार्टीका अध्यक्ष मनमोहन शमशेर राणासँगकाे कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *