स्वर्गीय केशव भट्टराईको तेह्रौँ दिनको तिथिमा चलचित्र विकास बोर्डमा श्रद्धाञ्जलि सभा
काठमाडौं । चलचित्र विकास बोर्डका दिवङ्गत अध्यक्ष केशव भट्टराईको तेह्रौँ दिनको पुण्य तिथिमा बोर्डले शुक्रबार यहाँ श्रद्धाञ्जलि सभाको आयोजना ग¥यो ।
सभामा कलाकारका विभिन्न पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिले भट्टराईको निधनले नेपाली चलचित्र क्षेत्रले ठूलो क्षति भोग्नुपरेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जनसांस्कृतिक महासङ्घका सहसंयोजक सरल सहयात्री, चलचित्रकर्मी सङ्घका अध्यक्ष दिनेश डिसी, निर्माता सङ्का अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, प्राविधिक सङ्घका पुष्कर लामा, निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राना, नृत्य सङ्घका संस्थापक अध्यक्ष राजु शाह, द्वन्द्व कलाकार सङ्का अध्यक्ष सूर्य थोकर लगायतले भट्टराईका अधुरा सपना पूरा गर्नका लागि आफूहरु दत्तचित्तका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भट्टराईको मङ्सिर २९ गते राति हृदयातका कारण ५३ वर्षको उमेर निधन भएको थियो । उनका श्रीमती र एक छोरा छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment