सोमालियामा कार बम विस्फोट हुँदा दर्जनौँको मृत्यु

डिसी नेपाल
१३ पुष २०७६ ६:५०

सोमालिया । सोमालियामा कार बम विस्फोट हुँदा दर्जनौँको ज्यान गएको छ ।

सोमालियाको राजधानी मोगादिसुको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको कार बम विस्फोटमा परी ७६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ।

मदिना अस्पतालका निर्देशक डा. मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्।

विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब समूहले गर्ने गरेको थियो।

अल–कायदासँग सम्बन्धित अल–शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *