एनआरएनएको सहकार्यमा सरकारले विश्वभरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो फहराउने

डिसी नेपाल
१३ पुष २०७६ ११:५८

काठमाण्डौ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा तथा भ्रमण वर्ष २०२० को लोगो फहराउने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहराउन लागेको जानकारी दिएका छन् ।

मन्त्री भट्टराईका अनुसार यसको संयोजन गर्न सरकारले एनआरएनएका अध्यक्ष कुमार पन्तलाई अनुरोध गरेको थियो । अध्यक्ष पन्तले सरकारको अनुरोध सहर्ष स्वीकार गरेकोमा मन्त्री भट्टराईले धन्यवाद समेत दिएका छन् । उनले अहिले १४ देशका अग्ला टावरमा फहराउने निश्चित भइसकेको र बाँकी सहरहरुको लागि पनि पहल भैरहेको जानकारी दिएका छन् ।

पक्का भएका सहरहरुमा सिड्नी (अस्ट्रेलिया), वेलिङ्टन (न्युजिल्याण्ड), टोकियो (जापान), सौल (दक्षिण कोरिया), दोहा (कतार), दुबई (यूएई), हङकङ, म्युनिख (जर्मनी), ब्रसेल्स (बेल्जियम), लण्डन (बेलायत), न्युयोर्क (अमेरिका), डब्लिन (आयरल्याण्ड), टोरन्टो (क्यानडा) र शिकागो (अमेरिका) रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *