अष्ट्रेलियाको सिड्नीका दर्शकले पुष्प र पूनमसँगै हेरे ‘मारुनी’

डिसी नेपाल
१३ पुष २०७६ १६:२७

काठमाडौं। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिएको छ।

शुक्रबार साँझ सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरमा यो चलचित्र प्रदर्शन गरिएको थियो। चलचित्र प्रदर्शनका लागि अभिनेता पुष्प र निर्मात्री पूनम गौतम सिड्नी पुगेका थिए। उनीहरुले दर्शकसँगै बसेर चलचित्र हेरे।

अभिनेता पुष्पले चलचित्र हेर्न दर्शकको उत्साहजनक सहभागीता रहेको बताए। उनले अधिकांश दर्शकले चलचित्रलाई निकै रुचाएको प्रतिक्रिया दिएको बताए।

यसअघि जापान प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएसंगै चलचित्र अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन गरिएको हो। अष्ट्रेलियाको अन्य शहरहरुमा पनि चलचित्र प्रदर्शन गरिने जनाईएको छ।

गत भदौंमा नेपालमा प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले रुचाएका थिए। फरक कथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्। चलचित्रमा पुष्प, साम्राज्ञीसँगै रेविका गुरुङ लगायतका कलाकारको शिर्ष भूमिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *