साउदी अरबमा अवैधानिक कामदारलाई बहिर्गमन भिसाको अवसर

डिसी नेपाल
१३ पुष २०७६ १६:३७

रियाद । साउदी  सरकारले अवैधानिक आप्रावासी कामदारलाई बहिर्गमन भिसाको अवसर दिएको छ । परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक  कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूूतावासकाअनुसार साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको हो ।

त्यस्ता नेपाली कामदारलाई तोकिएको स्वरूपको निवेदन, परिचयपत्र (अकामा)को प्रतिलिपि ३ प्रति, राहदानी र भिसाको प्रतिलिपि ३ प्रतिसहित दूतावासमा सम्पर्क गरी सिफारिसपत्र लिन र सम्बन्धित निकायमा गई बहिर्गमन भिसा ल्याएर तोकिएको म्याद भित्र नेपाल फर्कने व्यवस्था मिलाउन दूतावासले सूचना जारी गरेको हो ।

कम्पनीसँग लिन बाँकी बक्यौता भएमा श्रम अदालतमा मुद्दा दर्ता गरी फैसलापछि कार्यान्वयन अदालतबाट कार्यान्वयन भएपछि बहिर्गमन भिसा लिई जानसमेत दूतावासले अनुरोध समेत  गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *