बेलायती प्रधानमन्त्री प्रेमिकासँगै साधारण यात्रामा निस्किएपछि…

डिसी नेपाल
१३ पुष २०७६ १७:०५

लण्डन (एजेन्सी)। बेलायती प्रधानमन्त्री बोरिज जोनसनको ‘लुक्स’ ‘बेप्रवाह’ देखिन्छ। उनको बाल मिलेको हुँदैन भने कपडा लगाउँदा पनि त्यति ध्यान नदिने गरेको चर्चा सञ्चार माध्यममा भइरहन्छ। यहीबीचमा जोनसन फेरि चर्चामा छन्। कारण हो – आफ्नी प्रेमिकासँग नयाँ वर्ष मनाउन क्यारेबियन मुलुक सेन्ट लुसियानाको भ्रमण।

कुनै बेला आधा विश्वमा शासन गरेको बेलायतका प्रधानमन्त्री एक साधारण व्यक्ति जस्तै आफ्नी प्रेमिका क्यारी सिमन्डससँगै ब्रिटिश एयरवेजको यात्राबाट सेन्ट लुसियाना पुगे। गएको बिहीबार उनी ‘इकोनोमी क्लास’को यात्रामा लुसियाना पुगेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रधानमन्त्रीको हैसियतमा जोनसनले विशेष विमानमाफर्त यात्रा गर्न सक्ने भए पनि उनले साधारण यात्रा गरेर लाखौं रुपैयाँ बचाएको बेलायती समाचार माध्यमहरुले जनाएका छन्। जोनसनले करिब डेढ करोढ (नेपाली रुपैयाँ) जोगाएको बताइएको छ। समाचारअनुसार उनले ९० लाख रुपैयाँ जोगाएका छन्।

बेलायतमा भ्रष्टाचारबारे विवाद भइरहेकाले उनको सिट, इकोनोमिबाट विजनेशमा अपग्रेड नगरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *