पोर्चुगलमा २ जना नेपालीको निधन

डिसी नेपाल
१४ पुष २०७६ ९:१९

पोर्चुगल । एक सातामा पोर्चुगलमा बस्दै आएका २ जना नेपालीको ज्यान गएको छ ।

बिगत चार बर्षदेखि पोर्चुगल बस्दै आएका कास्कीको पोखराका तोरण बहादुर थापा र एक वर्षअघि पोर्चुगल पुगेका राजु बस्नेतको ज्यान गएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१६ मा स्थायी घर भएका ५० वर्षीय तोरण बहादुर थापाको डिसेम्बर १६ तारिखका दिन असामयिका निधन भएको थियो भने २९ वर्षीय राजु बस्नेतको डिसेम्बर ९ तारिखका दिन सुतिरहेका अवस्थामा निधन भएको थियो।

पोखरा महानगरपालिका–१५ ढुङेसाँघु स्थायी घर भएका बस्नेतको आफ्नै कोठामा सुतिरहेको अवस्थामा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।

बस्नेतको शव डिसेम्बर २६ मा नेपाल लगेर डिसेम्बर २७ मा पोखराको रामघाटमा दाहासंस्कार समेत भईसकेको छ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालले एक विज्ञप्ती जारी गर्दै आफ्ना २ सदस्यको दुःखद् निधन भएकोप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *