चीनको एक भवनमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु

डिसी नेपाल
१४ पुष २०७६ १२:१४

चीन । चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ः५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ।

सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ। यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *