यी ४ युवतीलाई चिन्नुहुन्छ ? भारतीयहरु यी चारैजनालाई फिनल्याण्डका महिला मन्त्री ठान्छन्

डिसी नेपाल
१४ पुष २०७६ १६:००

काठमाडौं। फिनल्याण्डमा हालै ३४ वर्षकी सान्ना मरिन प्रधानमन्त्री बनिन् । विश्वकै कान्छी बहालवाला प्रधानमन्त्री बनेकी उनले आफ्नो मन्त्रिपरिषदमा पनि महिला मन्त्रीहरुलाई मात्रै सहभागी बनाएकी छिन् । यससँगै उनको चर्चा विश्वभर हुन थाल्यो । सामाजिक संजालमा पनि उनको चर्चा बढ्न थाल्यो । यसँगै उनले नियुक्त गरेका मन्त्रीहरुको तस्वीर पनि सामाजिक संजालमा चर्चामा आउन थाले ।

तर, यसरी सामाजिक संजालमा भाइरल भइरहेको एक तस्वीर भने फिनल्याण्डका मन्त्रीहरुको नभइ नेपाली टिकटक स्टारहरुको हो । नेपालका २ जोडी जुम्ल्याहा टिकटक स्टारहरुको तस्वीर फिनल्याण्डका मन्त्री भन्दै भारतमा सामाजिक संजालमा भाइरल भइरहेको छ । केहीले त उनीहरुको नाम र मन्त्रालयसमेत उल्लेख गर्दै लेखेका छन् ‘फिनल्यान्डको नयाँ सरकार हेर्नुस् । दायाँबाट शिक्षामन्त्री ली एन्डरसन (३२), अर्थमन्त्री कात्री कुलुमानी (३२), प्रधानमन्त्री सान्ना मरिन(३४) र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो (३४)। यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन् ।’

यी नेपाली टिकटक स्टारहरु हुन् टिकटकमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाका तथा दीपा र दमन्ता श्रेष्ठ । यी जुम्ल्याहा जोडीको फोटो नै अहिले भारतीय सामाजिक सञ्जालमा फिनल्यान्डका मन्त्रीहरू भनेर भाइरल भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ । सामाजिक सञ्जालमा चलिरहेको अफवाहबारे हिन्दुस्तान टाइम्सले जानकारी गराएको हो । भारतीयहरूलाई यसबारे अलमल भए पनि थुप्रै नेपालीहरूले यस्ता पोस्ट झुटा भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *