भीम रावललाई प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको धम्की ‘एक्लो बृहस्पति बन्न नखोज्नुहोस्’

डिसी नेपाल
१४ पुष २०७६ २२:०९

काठमाडौं। केही दिन यता सत्तारु दल नेकपाका नेताहरु सामाजिक सञ्जालमा एकअर्कामाथि विष बमन गरिरहेका छन्। स्थायी कमिटी सदस्य तथा पार्टीको सुदूर पश्चिम इन्चार्ज भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टीको प्रचार विभाग उपप्रमुख तथा पार्टीका सहप्रवक्ता सुर्य थापाबीच सामाजिक सञ्जालमा दोहोरी चलिरहेको छ।

हालै पार्टीको स्थायी कमिटी बैठकमा नेता रावलले एक कविता लेखेर वितरण गरेका थिए। सो कविताको शिर्षक थियो ‘धुवाँले छोपिँदै दियो’। कवितामा नेता रावले शीर्ष नेताहरु भनेर पार्टीका दुई अध्यक्ष तथा सचिवालय सदस्यलाई व्यंग्य गर्दै राजपासँग भएको चुनावी तालमेलबारे असन्तुष्टि जाहेर गरेका थिए।

सो कविताका साथ सोमबार अबेर प्रेस सल्लाहाकार थापाले एक लामो स्टास लेखेर नेता रावललाई एक्लो बृहस्पति बन्ने प्रयास नगर्न चेतावनी नै दिएका छन्। यतिमात्र होइन, उनले नेता रावल डायनको प्रभावमा परेकोसमेत बताएका छन्।

स्मरण रहोस नेता रावलले पार्टीको बैठकबाट सञ्चार माध्यममा जानकारी दिएको भन्दै थापाले यसअघि पनि फेसबुकबाट नेता रावललाई सचेत पारेका थिए। त्यसपछि नेता रावले आफुलाई सचेत बनाउने थापाको हैसियत नभएको जवाफ दिएका थिए। सोमबार फेरि थापा रावलमाथि खनिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *