मलेसियामा चलिरहेको मासु पिस्ने मेसिनमा परेर नेपालीको मृत्यु

डिसी नेपाल
१५ पुष २०७६ ११:४६

काठमाडौं। मलेसियामा मासु पिस्ने मेसिनमा परेर नेपाली कामदारको ज्यान गएको छ । दुर्घटना मलेसियाको मालाक्का राज्यमा भएको मलेसियाका अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । मालाक्का फायर डिपार्टमेन्टका अधिकारी जुल्किरानी रामलीका अनुसार ४७ वर्षका नेपाली पुरुष कामदारको ज्यान गएको हो ।

ज्यान गुमाउने नेपाली कामदारको पहिचान खुल्न सकेको छैन । रामलीका अनुसार मस्जिद तनाह नजिकैको मासु प्रशोधन कारखानामा दुर्घटना भएको हो । ज्यान गुमाउने कामदार तीन अन्य कामदारको साथमा मर्मतको काम गरिरहेका बेला अचानक मेसिन अन भएपछि दुर्घटना भएको रामलीले जानकारी दिएका छन् ।

मेसिनले उनलाई छातीबाट तानेको र चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । रामलीका अनुसार उद्धारकताृहरुलाई उनको शरीर मेसिनबाट निकाल्न झण्डै आधा घण्टाको समय लागेको थियो । अधिकारीहरुले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *