मलेसियाका कम्पनीले १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने

डिसी नेपाल
१५ पुष २०७६ १२:३३

काठमाडौं। मलेसियाका कम्पनीहरूले अबदेखि न्यूनत्तम १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान नपाउने भएका छन्।

मंगलबार क्वालालम्पुरस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दे आगामी जनवरी ०२ तारिखदेखि राजदूतावासमा प्रमाणिकरणका लागि पेश गरिने श्रम सम्बन्धी मागपत्र ( डिमाण्ड लेटर) मा अनिवार्य रुपमा न्युन्तम आधारभुत तलब १२ सय रिंगेट (करिब ३३ हजार नेपाली रुपैयाँं) राखी पेश गर्न रोजगारदाता कम्पनीहरूलाई निर्देशन दिएको छ ।

यसअघि मलेसियाको मानव संशाधन मन्त्रालयलले जनवरी १ देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरूको न्यूनतम मासिक तलब १२ सय मलेसियन रिंगेट बनाउने निर्णय गरेको थियो ।

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट छ । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाउनेछन् । मलेसियन सरकारले आगामी वर्ष नेपालबाट थप डेढ लाख नेपाली लैजाने लक्ष्य राखेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *