कुर्दिस्तानमा सोनाम ल्होछार मनाइदै, गायक राजु लामा र विश्व दोङको प्रस्तुती रहने
अर्बिल। इराकको कुर्दिस्तानमा सोनाम ल्होछार मनाइने भएको छ । ‘तामाङ भाषा,धर्म, संस्कृती परम्पराको संरक्षण गरौँ । २८५६ औं जिवा ल्हो (मुसा बर्ग)सोनाम ल्होछार भव्यताका साथ सफल पारौं’ भन्ने मुल नारासहित नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले सोनाम ल्होछार मनाउने भएको हो ।
संस्थाले आफ्नो दोस्रो प्रस्तुती स्वरुप आगामी ७ फेब्रुअरी शुक्रबारका दिन इराकको प्रान्तीय राज्य कुर्दिस्तान अर्बिलको नवरोज हलमा सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउन लागेको जनाएको छ।
सोनाम ल्होछार तामाङ जातिको महान सांस्कृतिक पर्व भएको हुँदा कुर्दिस्तानमा विशेष गरि तामाङ जातिको बाहुल्यता रहेकोले पनि हरेक वर्ष सोनाम ल्होछार मनाउँदै आएको वरिष्ठ उपाध्यक्ष दिल कुमार लामाले बताए।
यो पटक कार्यक्रमको लागि नेपालबाट गायक राजु लामा र गायक एवम् संगीतकार विश्व दोङलाई कार्यक्रममा अतिथि कलाकारको रुपमा निमन्त्रणा गरिएको छ ।
संस्थाका अध्यक्ष च्याङ्गवा लामाले कुर्दिस्तान भर छरिएर कर्म गरिरहेका नेपालीहरूलाई उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्

No ads found for this position



डिसी नेपाल
Facebook Comment