अक्षय कुमारकी हजुरआमा सासुको ८० वर्षको उमेरमा निधन

डिसी नेपाल
१५ मंसिर २०७६ १०:२२

एजेन्सी। अक्षय कुमारकी श्रीमती ट्वींकल खन्नाकी हजुरआमा तथा बलिउड अभिनेत्री डिम्पल कपाडियाकी आमा बेट्टी कपाडियाको ८० वर्षको उमेरमा निधन भएको छ । विगत केही समयदेखि बिरामी बेट्टीको शनिबार राती निधन भएको हो । उनलाई हिन्दूजा अस्पतालमा भर्ना गरिएको थियो । उनले केही दिन पहिले मात्र आफ्नो ८० औं जन्मदिन मनाएकी थिइन् ।

रिपोर्टका अनुसार उनलाई सास फेर्न समस्या भएको थियो । केही दिनअघि डिम्पलले पनि आफ्नो आमाको खराब स्वाथ्यको बारेमा बताएकी थिइन् । डिम्पल र उनकी छोरी ट्वींकल खन्नालाई धेरै पटक अस्पतालमा भेटिएको थियो । फ्यानले उनीहरुलाई पटक पटक अस्पतालमा देख्दा डिम्पलको स्वास्थ्यमा समस्या भएको अनुमान गरेपछि डिम्पलले आमाको स्वास्थ्यमा समस्या भएको स्पष्ट पारेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *