जापानमा रुचाईयो ‘मारुनी’

डिसी नेपाल
१५ मंसिर २०७६ १३:०३

काठमाडौं। फिल्म ‘मारुनी’लाई जापानमा सकारात्मक प्रतिक्रिया मिलेको छ। नोभेम्बर ३० तारिकमा जापानको नागोया फुसीस्थित मिलिओन थिएटरमा गरिएको प्रदर्शनमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्मात्री पूनम गौतमले डिसी नेपाललाई बताइन्।

‘दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिनुभयो’ निर्मात्री गौतमले भनिन् –‘कमेडी फिल्म हेरिरहेका दर्शकले नयाँ कथाको फिल्म हेर्दा फरक अनुभूति गरेको पायौं।’

फिल्म प्रदर्शनमा लागि निर्मात्री गौतमसंगै अभिनेता पुष्प खड्का जापान पुगेका छन्। जापानमा विनोद कुमार सापकोटा र शर्मीला डंगोलले फिल्मको प्रदर्शन आयोजना गरेका हुन्।

गत भदौंमा नेपालमा प्रदर्शनमा आएको फिल्मले ब्यापारिक र समीक्षात्मक रुपमा सफलता पाएको थियो। नेपाल प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएसंगै ‘मारुनी’ विदेश प्रदर्शनमा लगिएको हो। जसको शुरुवात जापानबाट गरिएको हो।

अब लगत्तै जापानको ओसाका र टोकियोमा पनि फिल्मको प्रदर्शन हुने निर्मात्री गौतमले जानकारी दिइन्। जापानपश्चात फिल्म अष्ट्रेलियामा पनि प्रदर्शन गरिनेछ। डिसेम्बर २७ मा अष्ट्रेलियाको हर्सभिलमा रहेको सिभिक थिएटरमा फिल्मको प्रदर्शन हुने बताईएको छ।

फरक कथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन्। फिल्ममा पुष्पसंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतका कलाकारको शिर्ष भूमिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *