‘सरौतो’ हेरेपछि कलाकारले भने, –‘टेक्निकल्ली स्ट्रोङ फिल्म’

डिसी नेपाल
१५ मंसिर २०७६ १४:३४

काठमाडौं। शुक्रबारदेखि प्रदर्शनमा आएको छायांकारका रुपमा सुपरिचित हरि हुमागार्इँ  निर्देशित फिल्म ‘सरौतो’लाई कलाकारहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। शुक्रबार राजधानीको सिटीसी महलमा फिल्म हेरेका कलाकारहरुले सकारात्मक प्रतिक्रिया दिएका हुन्।

अधिकांश कलाकारले ‘सरौतो’ टेक्निकल्ली स्ट्रोङ फिल्म बनेको बताए।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म हेरेपछि आफूमा छुट्टै जोश आएको बताउँदै छायांकन, कलाकारहरुको अभिनय मन परेको प्रतिक्रिया दिए।

अर्का हास्य कलाकार हरिवंश आचार्यले पनि छायांकन, सम्पादनको प्रसंशा गर्दै भने, –‘फिल्म एकदमै राम्रो लाग्यो। टेक्लिकल्ली पाटो सबैभन्दा राम्रो छ। त्यस्तै प्रस्तुती, कलाकारको अभिनय पनि राम्रो लाग्यो।’ निर्माता तथा कलाकार दीपकराज गिरीले एक्सन फिल्म मन पराउनेहरुलाई ‘सरौतो’ मनपर्ने बताए।

कलाकार केदार घिमिरे, प्रशान्त ताम्राकारले पनि फिल्म मन परेको बताए। एक्सन जनरामा निर्माण भएको फिल्ममा सुमी मोक्तान शिर्ष भूमिकामा छिन्। फिल्मका लागि सुमीले २ बर्ष मार्शल आर्टको तालिम लिएकी थिइन्। त्यस्तै ७ महिना सांकेतिक भाषाको तालिम लिएकी थिइन्। त्यसैले पनि पर्दामा उनको मेहनत प्रशस्त देखिएको छ।

अन्य कलाकाररुको काम पनि राम्रो छ। यो फिल्ममा सुमीसंगै विजय लामा, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, सम्पदा दाहाल, अरुणा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्मले बदलाको कथा भन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *