यस्तो छ सविन श्रेष्ठ अभिनित ‘सूर्य किरण’को पोष्टर, फिल्म मंसिर २७ गतेदेखि
काठमाडौं। नेपाली फिल्म ‘सूर्य किरण’को पोष्टरसंगै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ।
निर्माण यूनिटले आईतबार पोष्टर सार्वजनिक गर्दै यही मंसिर २७ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको हो। यसअघि मंसिर २० गतेलाई प्रदर्शन मिति तोकिएको थियो।
अमिर दोङको निर्देशनमा बनेको फिल्ममा अभिनेता सविन श्रेष्ठ शिर्ष भूमिकामा छन्। त्यस्तै मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको फिल्ममा अभिनय छ।
फिल्ममा अभिनेत्री केकी अधिकारी र अमिर दोङ अतिथि भूमिकामा प्रस्तुत छन्।
तामाङ फिल्मका लोकप्रिय कलाकार तथा निर्देशक अमिरको ‘सूर्य किरण’ पहिलो नेपाली फिल्म हो।
तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को ब्यानरमा अमृत चेपाङले फिल्मको निर्माण गरेका हुन्। फिल्मको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले गरेका हुन्।
फिल्ममा विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्धन्द्ध छ। अभिषेक माझी र विक्रम मोक्तानले खिचेको फिल्मलाई अर्जुन थापाले सम्पादन गरेका हुन्।
यसअघि फिल्मको ट्रेलर र ‘मैच्याङलाई’ बोलको गीत सार्वजनिक गरिएको थियो।


No ads found for this position


डिसी नेपाल
Facebook Comment