विहेको तयारीमा रहेकी आँचल ‘झिंगेदाउ’मा विवाहित युवतिकै गेटअपमा

डिसी नेपाल
१६ मंसिर २०७६ १०:३०

काठमाडौं। अभिनेत्री आँचल शर्मा विगत १ वर्षदेखि डाक्टर उदिप श्रेष्ठको प्रेममा छिन्।

यो जोडीले आफूहरुको प्रेम सम्बन्धलाई बैबाहिक बन्धनमा परिणत गर्ने तयारीमा छ। अभिनेत्री आँचलले केही दिनअघि यो वर्ष नै आफूहरुले विवजाह गर्ने बताएकी थिइन्।

यसैबीच विवाहको तयारीमा रहेकी आँचलको विवाहित गेटअप सार्वजनिक भएको छ। यो गेटअप भने फिल्म ‘झिंगेदाउ’को हो।

आईतबार निर्माण यूनिटले सार्वजनिक गरेको तस्वीरमा आँचललाई फरक गेटअपमा देख्न सकिन्छ। यो फिल्ममा आँचलले गाउँले विवाहित यूवतिको भूमिका निभाएकी छन्। सिउँदोमा सिन्दुर, निधारमा टिका,  घाँटीमा हरियो पोते, सातो रंगको साडी र गुन्यू चोलीमा प्रस्तुत आँचलले हातमा हँसिया र पिठ्युमा घाँसले भरिएको डोको बोकेकी छिन्। उनको यो गेटअपले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ।

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा बनिरहेको ‘झिँगेदाउ’को अहिले काभ्रेको भकुन्डेवेसीमा छायांकन भैरहेको छ। खोटाङको हलेसीमा छायांकन सकेर यसको टिम भकुन्डेवेसी आईपुगेको हो।

साहित्यकार भीमनीधि तिवारीको अख्यानमाथि निर्माण हुने ‘झिँगेदाउ’मा आँचलका अलावा मुकुन भुषाल, केकी अधिकारी, कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका छ। फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले तयार पारेका हुन्।

फिल्मलाई विष्णु कल्पितले खिचिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *