माइनस ३ डिग्रीमा काम गर्दै अमिताभ बच्चन, यस्तो सुनाए अनुभव

डिसी नेपाल
१६ मंसिर २०७६ १४:०२

काठमाडौं । बलिउड बिग बी अमिताभ बच्चन अहिले चलचित्र ‘ब्रहमास्त्र’को छायांकनमा छन् । छायांकनका लागि मनाली पुगेका अमिताभले ट्विटरमा छायांकन सेटको एक तस्बिर सेयर गर्दै माइनस तीन डिग्रीमा काम गरिरहेको जानकारी दिएका छन् ।

तस्बिरमा चेक सर्ट र कालो ज्याकेटमा कूल स्नग्लासेस लगाएका छन् । तस्बिर सँगै उनले लेखेका छन्, “माइनस–३ डिग्री…प्राटेक्टिभ गियर.. र काम गर्ने शिष्टाचार ।” तस्बिरमा अमिताभको छेउमा अभिनेता रणवीर कपूर पनि रहेका छन् ।

केही साताअघि स्वास्थ्यमा खरावीका कारण उनलाई केहीदिन अस्पताल भर्ना गरिएको थियो । सो पश्चात डाक्टरले अब काम होइन आराम गर्न सुझाएका थिए । सोही समयमा उनले अब अब म अवकाशपछिको जीवन जिउनु पर्यो भन्दै ब्लग लेखका थिए ।

तर बलिउडका सफल अभिनेता अमिताभ अहिले पनि सक्रिय रुपमा चलचित्रमा लागिरहेका छन् । ‘ब्रहमास्त्र’ पछि उनी चलचित्र ‘गुलाबो सिताबो’, ‘चेहरे’ मा पनि देखिँदै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *