प्रेम परियारको फिल्म अभिनयमा डेब्यू, ‘पर्खी बसे फर्की आउछु’को शुभमुहूर्त

डिसी नेपाल
१६ मंसिर २०७६ १६:२४

काठमाडौं। विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल २’ मा समावेश ‘यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ’, ‘मर्ने कसैलाई रहर हुँदैन’बोलको गीतले गायक प्रेम परियारलाई नसोचेको सफलता दिलायो। एउटै फिल्मबाट प्रेम गायकको रुपमा सुपरिचित भए। अबभने उनी गायक मात्र रहेनन्। फिल्मको हिरो पनि भैसकेका छन्।

सोमबार मात्रै प्रेमको शिर्ष भूमिका रहने ‘पर्खी बसे फर्की आउछु’ फिल्मको शुभ–मुहूर्त गरियो।

दाङ जिल्लाको तुलसीपुरमा गरिएको शुभ–मुहूर्तमा फिल्मका मुख्य कलाकार प्रेमसंगै समीक्षा बस्नेत र देव सागरले मुहूर्त सर्ट दिए। योसंगै दाङबाटै फिल्मको छायांकन पनि सुरु गरिएको छ।

राज बहादुर सानेको निर्देशन रहने फिल्म लभस्टोरी जनरामा निर्माण हुनेछ। रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज बिक कार्यकारी निर्माता रहेका छन्। त्यस्तै यम कान्त भण्डारी निर्माता र एकराज थापा फिल्मको सह–निर्मातामा छन्।

फिल्ममा प्रेम परियार, समीक्षा बस्नेत र देव सागरको अलावा पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल, दिपक थापा, शुभम गौतम, डा.लोकराज पराजुली, हेमराज बिसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ। बसन्त सापकोटा, एलिश कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाको संगीत रहनेछ। सानु कुमार महर्जनको द्वन्द रहने फिल्मलाई अरुण सुनारले छायांकन गर्नेछन्।

शुभमुहूर्त कार्यक्रममा गायनमा सफल प्रेम परियारले आफूलाई सानैदेखि फिल्ममा देखिने रुचि रहेको र फिल्म ‘पर्खी बसे फर्की आउछु’ को कथा मन परेकोले काम गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *