अचानक कुकुरले कार चलाउन थालेपछि (भिडियो)

डिसी नेपाल
१७ मंसिर २०७६ १०:१४

एजेन्सी। अमेरिकाको फ्लोरिडा शहरको पोर्ट लुइस उपनगरमा म्याक्स नामको एउटा घर पालुवा कुकुरले आफ्नो मासिल सवार कारलाई रिभर्स गीयरमा करिव एक घण्टासम्म घुमाएको छ। कुकुरले मालिकलाई कारमा घुमाएको भिडियो यतिबेला समाजिक संजालमा भाइरल भइरहेको छ।

प्रहरीका अनुसार यो सबै कार मालिकको गल्तीका कारण भएको हो। कार मालिक कुनै काम विशेषले कारबाट उत्रिएका थिए। योबीचमा करमा बसेको कुकुरले कारको ढोका बन्द गर्यो र गियरशिफ्टलाई दबाएर कारलाई रिभर्स गीयरमा हाले। करिव एक घण्टासम्म कुकुरले उक्त क्षेत्रमा कार घुमाइ रह्यो। त्यसपछि प्रहरी घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लियो।

प्रहरीले कुकुरले गीयर शिफ्ट दबाएको घटनालाई आकस्मिक भनेको छ। प्रहरीका अनुसार कुकुरले कार चलाउन थालेपछि कार मालिकले प्रहरीलाई खबर गरेका थिए। यो घटना पहिला कार एउटा बगैंचामा घुस्यो र एउटा रुखमा ठोक्किएर रोकियो। प्रहरी चालक पस्ने ढोकामा बनेको कीप्याडमा एउटा कोड हालेर कारभित्र पसेका थिए

प्रहरीले कार मालिक र कुकुरलाई कुनै कारवाही गरेको छैन। यद्यपी भिडियो भाइरल भएपछि कुकुरलाई चालक अनुमतिपत्र दिनुपर्ने जस्ता मजाकका टिप्पणी हुन थालेका छन्।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *