हैदरावाद रेप काण्ड : आरोपीका आमा–बुवा भन्छन्–मेरो छोरालाई फासी होस्

डिसी नेपाल
१८ मंसिर २०७६ ११:०८

बीबीसी। हैदरावाद डाक्टर मृत्यु प्रकरणका चार अभियुक्त मध्ये तीन जना एउटै गाउँका हुन्। यो गाउँ राजधानी हैदरावादबाट करिव १६० किलोमिटर टाढा छ। चौथो अभियुक्त त्यो गाउँको छिमेकी गाउँका हुन्।

यद्यपी यी परिवारको पहिचान अहिले खुलाउन मिल्दैन। किनभने अभियुक्तको विषय अहिले अदालत पुगेको छ र उनीहरु अहिलेसम्म दोषी ठहर भइसकेका छैनन्।

विगत केही दिन देखि यो घटना चर्चामा आएपछि र अभियुक्तलाई गाउँबाट प्रहरीले पक्राउ गरेपछि संचारकर्मी त्यहाँ आउने क्रम जारी छ।
जब म यो गाउँमा पुगेँ (जहाँबाट तीन अभियुक्तलाई हिरासतमा लिइएको थियो) गाउँका मानिसले मलाइ एक अभियुक्तको घरमा जाने बाटो देखाए।

तर गाउँलेले उनीहरुलाई आफ्नो गाउँका कुनै पनि व्यक्ति यस्तो जघन्य अपराध गर्न सक्छ भन्नेमा यकिन नभएको बताए। गाउँका एक व्यक्तिले भने–हामीहरु खेती किसानी गर्छौं। दैनिकी चलाउन हामीले दैनिक मजदुरी गर्नुपर्छ।’

खुला ढल भएको गल्ली हुँदै हामी एक अभियुक्तको घरमा पुग्यौं। फुसको छानोले बनेको दुई कोठा भएको यो झुपडीको एउटा कोठामा अभियुक्तकी आमा आराम गरेर बसिरहेकी थिइन्।

उनी आफैं बस्न नसक्ने बताउँदै श्रीमानको सहारा खोजिरहेकी थिइन्। अभियुक्तका बुवा दैनिक मजदुरी गर्छन्। उनले के भइरहेको छ भन्ने आफूलाई थाहा नभएको बताए।

उनले हात जोडेर भने–मेरा दुई छोरा र एक छोरी छन्। भोलि मेरी छोरी माथि पनि यस्तै भयो भने म चुपचाप बस्दिन। त्यसकारण यदि मेरो छोराले यस्तो काम गरेको हो भने यसलाई फाँसी दिनुपर्छ।’

ती अभियुक्तका बुवाले हामीलाई बताए अनुसार उनका छोरासँग २८ नोभेम्बरमा राति कुरा भएको थियो। जब उनी कामबाट घर फर्किँदै थिए।

उनले भने–मेरो छोराले मलाइ सबै कुरा बताएन। उ सुतिरहेको थियो। प्रहरीले आधी रातमा आएर यसलाई लिएर गयो। त्यो बेला मलाइ यस्तो केही भएको थाहा थिएन। जब प्रहरीले मलाइ प्रहरी स्टेशनमा बोलायो, तब मात्र मलाइ घटनाका विषमया सबै थाहा भयो। मेरो त छोराका लागि कुनै वकिल राख्न सक्ने हैसियत पनि छैन। म त्यस्तो गर्न पनि चाहन्न। यदि मेरो छोराले त्यस्तो काम गरेको हो भने उसलाई बचाउन म आफ्नो पैसा र उर्जा खर्च गर्न पनि चाहन्न।’

यही गल्लीबाट केही अगाडि गएपछि अर्का अभियुक्तको घरमा पुगिन्छ, जहाँ ती अभियुक्त आफ्नो परिवारसँग बस्थे। ढलान भएको यो घरमा तीन वटा कोठा छन्। घर अगाडिको खुला ठाउँमा अभियुक्तकी आमा र उनकी श्रीमती बसिरहेका छन्।

अभियुक्तकी श्रीमतीले बताए अनुसार उनी सात महिनाकी गर्भवती छन्। उनले भनिन्–हाम्रो प्रेम विवाह भएको थियो। म उहाँलाई ढेड वर्षदेखि चिन्थेँ। आठ महिना पहिला हाम्रो विवाह भएको थियो। पहिला उहाँका आमा बुवा हाम्रो विवाहका लागि तयार हुनुहुन्थ्यो। तर पछि उहाँहरु तयार हुनु भयो।’

अभियुक्तकी आमाले बीचमै भनिन्–मेरो छोरा मृगौलाको विमारी छ। विगत दुई वर्षदेखि उसको उपचार भइरहेको छ।’ उनले अगाडि भनिन्–मेरो छोराले यस्तो गर्न सक्छ भन्नेमा मलाइ विश्वास नै भएको छैन। मलाइ के लाग्छ भने उसलाई कसैले जबर्जस्ती मदिरा पियाएर यो घटनामा फसाइ दिए।’

यद्यपी अभियुक्तकी श्रीमतीले भने जब आफूले यो खबर सुनेपछि निकै दुख लागेको बताइन्। उनले भनिन्–पीडित म जस्तै एक महिला हुन्। मलाइ निकै दुख लागेको छ। म यो विषयमा कुरा गर्न चाहन्न कि मेरा श्रीमानले यस्तो गरे वा गरेनन्। तर जे भयो राम्रो भएन। मलाइ थाहा छैन अब अगाडि के हुन्छ।’

यही गाउँमा तेस्रो अभियुक्तको पनि घर छ। तर उनको घरमा हामी पुग्दा त्यहाँ कोही पनि थिएनन्। यी तीन जना अभियुक्तको गाउँ भन्दा केही किलोमिटर टाढा चौथो अभियुक्तको गाउँ छ। त्यँहा पुगेर हामीले उनको घरको अवस्था हेर्यौं।

एक कोठाको यो घर बाहिर अभियुक्तका आमा बुवा बसिरहेका थिए। दुवै जना कमजोर देखिन्थे। न उनका बुवा केही बोल्न तयार भए, न उनकी आमा नै। उनीहरुले आफ्नो छोराले गरेको अपराधका विषयमा केही जानकारी नभएको बताए।

अभियुक्तकी आमाले भनिन्–उ प्राय घरमा बस्दैन थियो। उ बाहिरबाट आएर नुहाउँथ्यो र फेरि जान्थ्यो। हामी उसलाई धेरै कुरा सोध्दैन थियौं। किनभने उ घरमा कमाउने एक्लै थियो।’

घर बाहिर एकत्रित भएका मानिसले बताए अनुसार उनीहरुलाई आफ्ना आफ्नो छोराको कामको बारेमा धेरै जानकारी छैन। अभियुक्तका बुवाका अनुसार उनका छोरा २८ तारिक साँझ घर आएका थिए।

उनले भने–उसले हामीलाई आफूले चलाएको ट्रक दुर्घटनाग्रस्त भएको बतायो। उसले ट्रकले एक जना स्कुटर चलाउने महिलालाई ठक्कर दिएको र महिलाको मृत्यु भएको पनि बतायो। मैले उसलाई होसियारी पूर्वक गाडी चलाउनुपर्छ भनेर कराएँ पनि। यसले हामीसँग आफ्नो बारेमा सबै कुरा बताएको यो पहिलो पटक थियो। त्यही राति प्रहरीले उसलाई पक्राउ गरेपछि हामीलाई थाहा भयो की उसले के गरको रहेछ।’

यद्यपी छिमेकीका अनुसार उनीहरुका लागि यो घटना कुनै दुर्घटना जस्तै हो। एक छिमेकीले भने–मलाइ यो विषयमा रत्तिभर पनि विश्वास छैन की मेरो छिमेकीले यस्तो काम गर्यो भनेर।’

अभियुक्तलाई अहिले १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। त्यसपछि उनीहरुलाई जेठ पठाइन्छ। प्रहरीले यो विषयमा जाँच गर्नका लागि अभियुक्तहरुलाई प्रहरी हिरासतमा लिने सम्बन्धि याचिका दर्ता गराएको छ। अभियुक्तको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले यो विषयमा केही जानकारी दिएको छैन।

प्रहरीले जुन रिपोर्ट फाइद गरेको छ, यसका अनुसार चारै जना अभियुक्तलाई ‘अपहरण गर्ने, कडैती गर्ने, सामुहिक बलात्कार गर्ने र नृशंस हत्या गरेको’ आरोपमा पक्राउ गरेको जनाएको छ। यसैबीच तेलंगानाका मुख्यमन्त्री केसीआरले प्रहरीलाई यो विषयको सुनुवाई फास्ट ट्रयाकबाट गर्न निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *