यो मन्दिरमुनि रहेको छ अमेरिकाको सम्पत्ति भन्दा तीन गुणा बढी खजाना

डिसी नेपाल
१८ मंसिर २०७६ १२:०९

काठमाडौं। जब शक्तिशाली मुलुकका विषयमा चर्चा हुन्छ, तब अमेरिकाको नाम सबैभन्दा पहिला आउँछ। पैसा, सुरक्षा, हतियार आदि विषयमा अमेरिका विश्वको शक्तिशाली मुलुकका रुपमा उदाएको छ।

तर के तपाईँलाई थाहा छ जति खजाना अमेरिकासँग त्यति नै खजाना भारतको एक मन्दिरमुनि दबिएररहेको भारतीय संचारमाध्यमले दाबी गरेका छन्। आज हामी यही मन्दिरको विषयमा जानकारी दिन गइरहेका छौं।

यो मन्दिर भारत उत्तर प्रदेशको कानपुरमा रहेको छ। कानुपुर नजिकै घाटमपुरमा केरली गाउँमा एउटा पुरानो शिव मन्दिर छ। यो शिव मन्दिर रहेको ठाउँको जमिनको तल सुन–चाँदी र बहुमूल्य खजाना दबिएर रहेको किम्वदन्ती छ।

स्थानीयका अनुसार अमेरिकासँग जति सम्पत्ति छ, त्यो सम्पत्तिको तीन गुणा सुन यो मन्दिरको तल जमिनमा दबिएको छ। यो चर्चाले सबैलाई चकित पार्ने गरेको छ। तर यहाँमा मानिसको यही मान्यता रहेको छ।

यहाँका स्थानीय बासिन्दा यही खजानाको चक्करमा कयौं पटक रातिको समयमा मन्दिर आसपास खन्ने गरेका छन्। एक पटक चोरले खजाना भएको ठाउँसम्म पुग्न मन्दिरमा स्थापित शिवलिंगको माथिल्लो भाग नै तोडेर आफूसँगै लगेको थियो।

त्यतिमात्रै होइन त्यहाँ मन्दिरको चार सुर पनि खनेर खजाना भएको ठाउँसम्म पुग्ने कोशिश गर्ने गरेका छन्। बारम्बार यहाँ मानिसहरु खजाना चोर्न आउँछन् र कतिपयले खजाना चोरेर भाग्नेसमेत गर्छन्। यद्यपी कसले कति खजाना चोरेर लगे भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *