दुबईमा चौधरी ग्रुपको पहिलो लक्जरी होटल सञ्चालनमा

डिसी नेपाल
१६ पुष २०७६ ९:३७

दुबई । नेपालको व्यापारिक घराना चौधरी ग्रुपले दुबईमा आफ्नो पहिलो लक्जरी होटल सञ्चालनमा ल्याएको छ।

ताज जुमेरा लेक टावर सञ्चालनमा ल्याएसँगै चौधरी ग्रुपले संयुक्त अरब इमिरेट्समा पनि आफ्नो लगानी विस्तार गरेको हो।

बाल्कोनीसहितका २ सय कोठा र सुइट रुमहरु रहेको उक्त होटलबाट दुबईको मनोरम दृश्य देखिने होटलको विवरणमा उल्लेख गरिएको छ।

होटलमा पारोस भनिने रुफटप पुलसहितको बार र रेष्टुरेन्ट तथा सामियाना भनिने खुला ठाउँमा पार्टी गर्नका लागि विशेष टेन्टजस्ता सुविधाहरु उपलब्ध हुनेछन्।

होटल दुबई अन्तर्राष्ट्रिय एअरपोर्टबाट ३० मिनेट तथा मेट्रो स्टेसन बाट ५ मिनेटको दुरीमा रहेको जनाइएको छ।

सन् १९६८ मा स्थापना भएको चौधरी ग्रुप हाल विश्वभरि ७६ ब्रान्ड र १३६ कम्पनीसँग आबद्ध छ।

कम्पनीले फास्ट मुभिङ्ग कन्जुमर गुड्स, शिक्षा, बायोटेक, इलेक्ट्रोनिक्स, बैंकिङ, हाइड्रोपावर, सञ्चारलगायतका क्षेत्रमा लगानी गरेको छ।

चौधरी समूह भारतको राजस्थानबाट व्यापारका लागि नेपाल आएको इतिहास छ।

हाल अफ्रिका महादेश देखि युरोपसम्म लगानी विस्तार गरेको चौधरी समूह फोर्ब्समा सुचीकृत एक मात्र नेपाली कम्पनी हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *