कर्णाली प्रदेशमा पनि भ्रमण वर्ष शुभारम्भ

डिसी नेपाल
१६ पुष २०७६ १९:४०

सुर्खेत। कर्णालीको बुलबुले तालमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ। कर्णाली प्रदेशका विभिन्न स झाँकीसहित भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा जुम्लाको देउडा गित, हुडके नाच, सुर्खेत लेकबेसीदेखि सोरठि, नेपाल प्रहरिद्वारा ब्यान्ड बाजा, सिम्ताको गर्रा नृत्य, पसेरु नृत्य, राउटे नृत्य, माझि नृत्य जस्ता झाँकी प्रदर्शन गरिएको थियो।

कार्यक्रममा कर्णाली आएका विदेशी पाहुनालाई कार्यक्रममा भव्य स्वागत गरिएको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले खादा ओढाई सम्मान गरेका थिए। यसअघि मन्त्रालयले भारतीय पर्यटकहरुको बबइमा स्वागत गरेको थियो ।

बुलबुले तालमा भएको शुभारम्भ कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो। प्याराग्लाइडिङमा दुई जना विदेशी र चार जना नेपाली सहभागी भएका थिए । वीरेन्द्रनगरको १४ नम्बरमा पर्ने गढीदेखि उठान गरेर कार्यक्रम स्थलमा बुलबुले ताल नजिकै सोझै अवतरण गरेका थिए।

साथै १३ औं सागमा स्वर्णा पदक जित्ने कर्णालीका खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण समेत गिरएको थियो।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रनगर बहादुर शाहीले कर्णालीमा आउने पर्यटकहरूलाई कर्णालीका जनाताहरुले सम्मान, स्वागत तथा व्यवस्था गर्न सकेमा कर्णालीको परिर्वतन संगै आर्थिक, समवृदिको बिकास समेत हुने बताए।

उनले भने, ‘नेपालमा बहु जाति भाषिक भएकाले कर्णालीलाई नेपाल भ्रमण वर्षले धेरै अवसर प्रधान गर्ने छ, अझै पनि नेपालमा विश्वबाट नेपालमा आउने पर्यटन महंगो भएकोले ठूलो चुनौति पनि रहेको छ यसको सहज गर्ने सरकार लागि परेको छ। साथै कर्णाली बासि, विभिन्न संघ संस्था तथा स्थानिय तहले समेत सहयोग गर्न आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *