व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’: मेनुका प्रथम, कल्पना द्वितीय र सोनी तृतीय
–प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै कल्पना डुम्रे ज्ञवाली
बुटवल। बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा ‘आमा नृत्य प्रतियोगिता’ आयोजना गरिएको छ।
प्रतियोगीतामा मेनुका राई प्रथम भएकी छिन्। बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सातौं दिन बुधबार आयोजना गरिएको ‘आमा नृत्य प्रतियोगिता’मा सहभागि १५ प्रतिस्पर्धीलाई पछाडी पार्दै राई प्रथम भएकी हुन्।
त्यस्तैगरी प्रतियोगितामा कल्पना डुम्रे ज्ञवाली द्वितीय, सोनी थापा तृतीय र सुस्मा पोखरेल सान्त्वना भएका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ।
निर्णायकमा लोकेन्द्र शाह, मिना बुढाथोकी र सुन्दर गुरुङ रहेका थिए।
उनीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, लोक तथा सांस्कृति कार्यक्रम संयोजक टंकप्रसाद गैरे, आमा नृत्य प्रतियोगिताका संयोजक रेशम खनालले पुरस्कार प्रदान गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment