मलेसियामा मनाइयो तमु ल्होसार 

डिसी नेपाल
१७ पुष २०७६ १३:११

मलेसिया । मलेसियामा बुधबार तमु ल्होसार विशेष कार्यक्रम गरेर मनाइएको छ ।  तमु समाज मलेसियाको आयोजनामा एरिना स्टार होटेलमा  ‘तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६’ सम्पन्न भएको हो ।

तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे रहेका थिए । त्यस्तै विशेष अतिथिमा वातावरण विद् डा.हुम गुरुङ तथा मलेसियामा क्रियाशील एक दर्जन भन्दा बढि नेपाली संघसंसंस्था तथा गठनका प्रतिनिधिहरूको पनि आतिथ्यता थियो । कार्यक्रममा मलेसियाका विभिन्न ठाउँबाट उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रमुख अतिथि राजदूत  पाण्डेले अब दुतावासले श्रम सम्झौताअनुसार नेपालीहरूलाई सेवा सुविधा दिएको छ कि छैन भन्ने विषयमा निगरानी र सकृयता बढाउने साथै सम्झौता विपरित रहेको कम्पनीलाई तुरुन्तै कारवाही गरि ठिक पार्ने बताए। यस कार्यमा संघसंस्थाहरुले सूचना दिएर सहयोग गर्न राजदूत पाण्डेले आग्रह गरे ।

विशेष अतिथि डा. हुम गुरुङले गुरुङहरूको उत्पति र वर्तमान सम्बन्धी अनुसन्धानबाट प्राप्त तथ्यको जानकारी गराएका थिए । साथै नेपाल भ्रमण वर्ष
२०२० लाई सफल पार्न सबैले सबै क्षेत्रबाट भूमिका खेल्नु पर्ने विषयमा जोड दिए।

कार्यक्रममा खाजा घर रेस्टुरेन्ट, सोल्टी रेस्टुरेन्ट  न्यु कास्की रेस्टुरेन्ट, अन्नपूर्ण मिनिमार्केट, गुरुङ मिनिमार्केट र गोर्खा किचन जोहोर प्रायोजक रहेको थियो । कार्यक्रममा गुरुङ कलाकारहरूले संस्कृति झल्काउने नृत्य तथा गीतको साथै अन्य कलाकारहरूले नेपाली साँगीतिक प्रस्तुतीले मनोरञ्जन दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *