कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात र वर्षा

डिसी नेपाल
१७ पुष २०७६ १७:५५

सुर्खेत । मंगलबारदेखि बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न पनि कठिन भएको छ ।
चिसो बढेपछि बिहीबार बिहानदेखि कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात बर्षा भएको छ ।

र अन्य जिल्लहरु कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षा भने भएको छ।

चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित पारेको छ । चिसोका कारण कर्णालीका विभिन्न क्षेत्रहरुमा रुघाखोकीको संक्रमण बढ्दै गएको पनि छ ।

वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विदोद पराजुलीले बताए ।

मौसमी पूर्वसूचना दिन सुर्खेतको रातानाङ्ला डाडाँमामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडरकानुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र वेशीमा वर्षाको सम्भावना रहेको पराजुलीले बताए ।

उनकानुसार कर्णाली प्रदेशसँगै सुदूपश्चिमको बाजुराको लेक क्षेत्रमा पनि हिमपात भइरहेको छ । कैलालीसहितका तराईका जिल्लामा वर्षा हुने सम्भावना छ । चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र तीब्र हावाको बेगका कारण कर्णालीमा हवाई उडान समेत हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *