मञ्चबाट लामो उमेर बाँच्ने टिप्स दिइरहेका थिए, अचानक मञ्चमै ढले, उठ्दैउठेनन् (भिडियो)

डिसी नेपाल
१७ पुष २०७६ १९:०४

काठमाडौं। सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ। यो भिडियोमा एक व्यक्ति मञ्चमा प्रवचन दिँदादिँदै ढल्छन्। उनको स्पट डेथ हुन्छ।

डेलीमेलका अनुसार ती व्यक्तिले मञ्चबाट लामो उमेर बाँच्ने टिप्स दिइरहेका थिए। तर, अचानक हृदयघात भएपछि उनी मञ्चमै ढले र उनको त्यहि मृत्यु भयो। समाचारअनुसार यो घटना चीनको हो। चीनको एक औशधी कम्पनीका मालिक (सीईओ) ६५ वर्षीय चेन पीवेनको यसरी मृत्यु भएको हो।

उनको चीनको गुआंगझांग प्रान्तमा झान्गयी हेल्ग एण्ड टेक्नोलोजी कम्पनी छ। उनी हजारौंको भीडमा प्रवर्चन दिइरहेको बेला मृत्यु भएको डेलीमेलले दावी गरेको छ।

यो भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा केही बोल्दाबोल्दै ती व्यक्ति अचानक ढलेको र मञ्चमा रहेको पोडीयममा ठोक्कीएको र त्यहि मृत्यु भएको देख्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *